top of page
Search

तोरानी SCANLATIONS प्रस्तुत गर्दछ "मण्डला नेपाल माङ्गा लेखन प्रतियोगिता "

Updated: Jul 5, 2021


मण्डला (माङ्गा) लेखन नेपालको परिवेशमा एउटा नौलो प्रकृतिको प्रतियोगिता हो। यस भन्दा पहिले यो प्रतियोगिता वि. सं. २०७४ सालमा ओताकु नेक्स्ट (Otaku Next) समुहले आयोजना गरेको थियो।


पछिल्ला वर्षहरुमा हामीले कयौं व्यक्तिहरुले मौलिक माङ्गा प्यानलहरू पुनः कोरी सामाजिक संजालाहरुमा पोस्ट गर्ने गरेको देख्न पाईन्छ। विभिन्न नेपाली चित्रकार/कलाकार दाजुभाई तथा दिदीबहिनीहरुले एनिमे, माङ्गा, मान्ह्वा, मान्हुआ संग सम्बन्धित कलाकारिताहरु समेत पोस्ट गरि तिनीहरु बिक्रिमा राख्नुभएको देखेका छौं। यसले देखाउछ कि नेपालमा धेरै लुकेका प्रतिभाहरु छन्, जसलाई आफ्नो प्रेरणा प्रबर्धन गरि केहि पाउने चाहना छ।

हाम्रो उद्देश्यलाई प्रबर्द्धन गर्ने लक्ष्यसहित, हामीले नेपाली कलाकारहरू जसले आफैंको त्यस्तो सिर्जना गर्ने सोच्नुहुन्छ, वहाँहरुको लागि मण्डला माङ्गा लेखन प्रतियोगिता आयोजना गर्ने निर्णय गरेका छौं।

हामी भविष्यमा पनि यस्तै प्रतियोगिताहरु आयोजना गर्दै अन्ततः नेपालको मौलिक मण्डला प्रकाशन गर्नेछौं।



परियोजना आशय।

हामी हाम्रो संस्कृति र देशको प्रबर्धन गर्दै, हाम्रा दाजुभाइ दिदीबहिनीहरुको सृजनात्मकताको विकास हुनेछ भन्ने आशा गर्दछौं।

भाग लिन ईच्छुक प्रतिस्पर्धीहरु जो संग आफ्नै उपयुक्त कथावस्तु छैन वहाँहरुको लागि हामीले २ वटा नमुना कथा उपलब्ध गराएका छौ जसमा सहभागीहरुले १५-२० प्यानल चित्रण गरि संवाद र वर्णन नेपालीमा गर्नुपर्ने छ।


दर्ता गर्ने अन्तिम मिति: वि. सं. २०७८, असार २५ गते रातिको १२:०० बजे

मण्डला बुझाउने अन्तिम मिति: वि. सं. २०७८, श्रावन ०५ गते रातिको १२:०० बजे



नियम तथा सर्तहरु।

यस प्रतियोगिताका सहभागीहरुमा लागु हुने केहि नियम तथा सर्तहरु।


१. सहभागीहरु आफ्नै कथामा आधारित रही माङ्गा बनाउन सक्नु हुनेछ तर सहभागीहरुले लिखित कथावस्तु नेपालीमा लेखि पठाउनु पर्नेछ। सो क्रममा कुनै प्रकारको चोरी गरिएको कथावास्तु स्वीकार्य हुने छैन।


२. सहभागीहरुले कथाको वस्तुस्थिति कोर्नुपर्ने हुन्छ भने , मुख्य पात्र, सहायक पात्रहरु सबैको रुप कोर्न छुट दीइएको छ।


३. सहभागीहरुलाई तिनीहरुको कामको स्पष्टता, स्पष्टता, दृश्यावलोकन शक्ति, र विशिष्टताको आधारमा जाँच गरिनेछ।


४. सहभागीहरूले एक्लै वा ३ जना सम्मको टोलीमा काम गर्न सक्दछन्। टोलीका सहभागीहरूलाई मान्य हुन कम्तिमा २० प्यानल कोर्नु आवश्यक छ।


५. मण्डला माङ्गा नेपालीमा लेख्नुपर्नेछ र नेपालमा आधारित कामलाई प्राथमिकता दिइनेछ।


६. कभर पृष्ठ सहित कम्तिमा १५ पृष्ठ लामो एक अध्याय हुनुपर्ने छ।


७. हाम्रो वेबसाईटमा प्रकाशित हुनको लागि कथावस्तु निरन्तर कम्तिमा ५-७ अध्याय सम्म प्रकाशित गर्न मिल्ने हुनुपर्ने छ। एकाङ्किहरु पनि मान्य हुने छन् तर कम्तिमा ३० प्यानल लामु हुनुपर्ने छ।


८. निरन्तरता बिनाका कथाहरु जुन एकाङ्कि पनि होईनन, ति मण्डलाहरु पनि भाग लिन पाउनेछन् तर भौतिक तथा डिजिटल रुपमा प्रकाशित हुने छैनन्।


९. कहानी कुनै पनि विधा को हुन सक्छ।


१०. माङ्गा हातले कोरिएको या डिजिटल हुन पाउनेछन। हातले कोरिएको माङ्गा हामीलाई पठाउन अघि स्क्यान गरेर अन्तिम चित्र पठाउनु पर्नेछ।


११. वयस्क/आर-मुल्याङ्कन गरिएको कथावस्तु मान्य हुने छैन। आपत्तिजनक शब्दहरू सेन्सरशिपको साथ प्रयोग गर्न सकिन्छ।


१२. जाती, लिङ्ग, धर्म आदिको आधारमा कुनै पनि प्रकारको भेदभावलाई माङ्गामा चित्रण गर्न पाईदैन, जसले कुनै पनि सम्बन्धित समुदायलाई अपमान गर्दछ।


१३. सामाजिक मुद्दाहरु जस्तै जातिय विभेद, लैङ्गिक असमानता, दाईजो प्रथा आदीमा आधारित मण्डला प्रस्तुत गर्न सकिन्छ। तर त्यस्ता मण्डलाहरु आयोजकद्वारा कडा जाँच गरिनेछ साथै आफ्नो काम सम्बेदनशिलताको कारण प्रकाशित नभएको खण्डमा लेखकले गुनासो गर्न पाउने छैन।


१४. तोरानी स्क्यानलेसनले बुझैइएको कामको प्रचार, वितरण र मोनेटाइज गर्ने अधिकार राख्नेछ। तर कलाकारहरू आफैंले सिर्जनाकर्ताको रूपमा मान्यता राख्नेछन् र उनीहरूको कामबाट हुने प्रायः प्रकारका आम्दानीहरूमा उचित रोयल्टी पाउनेछन्।



पुरस्कार तथा फाईदाहरु।


प्रथम पुरस्कार: रु २५०० बराबरको एनिमे मर्च + बरिस्टा तालिम मात्र रु ७००० मा।

द्वितीय पुरस्कार: रु २००० बराबरको कफी भौचर + बरिस्टा तालिम मात्र रु ७००० मा।

तृतीय पुरस्कार: रु ५००-१००० बराबरको एनिमे मर्च + बरिस्टा तालिममा रु ७००० छुट।


शिर्ष १० प्रतिस्पर्धीहरु एनिमे मार्ट नेपालको ई-पसलबाट न्युनतम रु ५०० बराबरको सामान खरिद गर्दा १५% छुटको लागि योग्य हुनुहुने छ।

सबै प्रतिस्पर्धीहरु विस्डम होटेल तथा हस्पिट्यलिटि तालिम केन्द्र, कालिमाटीमा रु १५००० प्रति व्यक्तिमा मुल्यांकन गरिएको बरिस्टा तालिममा रु ५००० छुटको लागि योग्य हुनुहुने छ। उक्त कुपन प्रतियोगितामा दर्ता गरिएको मितिबाट १ वर्ष सम्म मान्य रहनेछ।

*सर्तहरु लागुहुनेछन।



थप सोधपुछको लागि toraniscanlators@gmail.comमा ईमेल गर्न सक्नुहुनेछ या हाम्रो फेसबुक पेज तोरानी SCANALTIONS या ईन्स्टाग्राम @torani_scanlators मा सन्देश पठाउन सक्नुहुनेछ।


प्रकाशक:

रिहान लामा(पकेट)

प्रबन्धक

तोरानी SCANLATIONS




 
 
 

Comments


Post: Blog2_Post
  • Facebook
  • Twitter
  • Instagram

©2021 by तोरानी SCANLATORS. Proudly created with Wix.com

bottom of page